थप १७९ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २० चैत : शुक्रबार थप एक सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७७ हजार ६ सय ४० जना पुगेको छ । यस्तै थप एक सय ११ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार नौ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा १६ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म तीन हजार ३१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया