ओली सरकार ढाल्न ३ जना पूर्वप्रधानमन्त्री भारतीय दूतावासमा (भिडियो)

admin

काठमाडाैं : ओली सरकार ढाल्न हारगुहार गर्दै आफ्नो पदीय हैसियतको समेत हेक्का नराखी नेपालका ३ जना पूर्वप्रधानमन्त्रीहरु भारतीय दूतावास पुगेको खबर बाहिरिएको छ।

चैत्र १९ गते करिब साढे ८ बजे भारतीय दूताबास पुगेका पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई र माधव नेपालले भारतीय राजदूत विनय मोहन क्वात्रासंग बिशेष भेटघाट गरि राजनैतिक सहमति जुटाईदिन आग्रह गरेको बुझिएको छ ।

संसद पुनःस्थापनापछि सर्वोच्च अदालतद्वारा गरिएको फागुन २३ को निर्णय पश्चात नेपालको राजनीति अन्यौलमा परेको छ।

ओली सरकार ढालेर नयाँ सरकार गठन गर्न माओवादी लालायित देखिए पनि जनता समाजवादी पार्टीभित्र देखिएको दोधारे नीति र नेपाली काङ्ग्रेसको मौनताले अविश्वासको प्रस्ताव दर्ता गर्न नसकिएको प्रचण्डले बताउदै आएका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन भन्दै आएका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको माग जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने भन्दै प्रधानमन्त्री ओलीसँग नियमित छलफल गर्दै आएका छन् ।

नयाँ सत्ता समीकरणका लागि पूर्वप्रधानमन्त्रीहरुको यो भ्रमणले नेपालको राजनीतिमा निकै महत्वपूर्ण भूमिका खेल्ने आँकलन गर्न सकिन्छ।

प्रतिक्रिया