धेरै प्रदूषणको सूचीमा नेपाल शीर्ष स्थानमै

admin

काठमाडौं, २२ चैत : विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको काठमाडौंसहितका ठाउँहरुमा आकाश खुल्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ । अहिले काठमाडौंको हावाको गुणस्तर मापन गर्ने सूचक एक्यूआई २ सयको हाराहारीमा रहेको छ ।

दुई सयभन्दा माथि एक्यूआई भएमा हानिकारक मानिन्छ । यस्तै धनगढी, सौराहालगायतका ठाउँको वायु प्रदूषण पनि सबैभन्दा धेरै देखिएको छ । केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ ।

वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले आग्रह गरेका छन् । यस्तै काठमाडौंको वायु प्रदूषण कम हुँदै गए पनि विश्वभरको तुलनामा शीर्ष स्थानबाट भने तल झर्न सकेको छैन ।

अहिले पनि संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल कायमै छ । विश्वभरको वायु प्रदूषण कम हुँदै जाँदा नेपालको पनि सुधार भएको तर शीर्ष स्थानमा कायमै देखिएको हो ।

प्रतिक्रिया