माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, जसपासँग छलफल गर्दै

admin

काठमाडौं, २२ चैत : माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै केन्द्रले बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।

नयाँ सत्ता समीकरणबारे माओवादी केन्द्रले आइतबार जनता समाजवादी पार्टीसँग छलफल गर्दैछ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृहकार्य सुरु भएको छ । कांग्रेसको निर्णय सकारात्मक रहेको र जसपासँग छलफल गर्ने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया