भारत छत्तीसगढ : माओवादीसँगको भि’डन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या २२ पुग्यो

admin

एजेन्सी, २२ चैत : भारतको छत्तीसगढमा माओवादीसँगको भि’डन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ । शनिबार बिहान भएको भि’डन्तमा ज्यान गुमाउनेमध्ये २० जना सुरक्षाकर्मीको श’व भेटिएको बीबीसी हिन्दीले जनाएको छ । चार घण्टासम्म चलेको भि’डन्तमा ३७ जना सुरक्षाकर्मी घाइते भएका र अझै एक जना हराइरहेका खबरमा उल्लेख छ ।

शुक्रबार रातिदेखि दुई हजार ५९ जनाको संयुक्त सुरक्षा बलले बीजापुर र सुकमा जिल्लामा रहेको जंगलमा माओवादीविरुद्ध अपरेशन चलाएका थिए । अपरेशनका क्रममा माओवादीले थापेको धरापमा सुरक्षाकर्मी परेका थिए । धरापमा भएको बम विस्फोटपछि दुई पक्षबीच गो’ली हानाहान भएको खबरमा उल्लेख छ ।

माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म एक जना महिलाको मात्रै श’व भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो केही वर्षयता छत्तीसगढमा यसलाई माओवादीको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गरेका छन् । प्रधानमन्त्रीले एक ट्वीटमा लेखेका छन्, छत्तीसगढमा माओवादीसँग लड्ने क्रममा सहिद भएका जवानका परिवारलाई मेरो समवेदना छ । वीर सहिदहरूको बलिदानीलाई कहिल्यै भुल्न सकिँदैन ।

घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । भारतका गृह मन्त्री अमित शाह र छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीसँगको मुठभेडमा सुरक्षाकर्मीको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया