विदेशबाट आज १५ श’व नेपाल भित्रिए, विमानस्थल पुगेका बाबुराम भट्टराई भावुक

admin

काठमाडौं, २२ चैत : आइतबार एकैदिन विदेशबाट १५ श’व नेपाल भित्रिएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान गुमाएका १ गरी १५ जनाको श’व नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

श’व नेपाल एअरलाइन्सको जहाजमार्फत नेपाल ल्याइएको हो । १५ वटै श’व त्रिभुवन विमानस्थलमा आइपुगेर पनि त्यहाँबाट मृ’तकका आफन्तहरुले बुझिसकेको बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले जानकारी दिए । श’व बुझ्न विमानस्थल आएका आफन्तलाई भेट्न पूर्व प्रधानमन्त्री तथा जसपाका अध्यक्ष बाबुराम भट्टराई विमानस्थल पुगेका थिए ।

बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका मेघबहादुर कुँवर र सूर्य बिकको श’व पनि ल्याइएकाले उनीहरुका आफन्तलाई भेटेर सान्त्वना दिन तथा मृतकलाई श्रद्धाञ्जली दिन भट्टराई विमानस्थल पुगेका हुन् । श’वलाई बुझ्न आएका आफन्तहरुको पीडालाई देखेर आफूले आँसु थाम्न नसकेको भन्दै उनले दुःख प्रकट गरेका छन् ।

प्रतिक्रिया