भारत महाराष्ट्रमा कर्फ्यु र लकडाउन घोषणा

admin

काठमाडौं, २३ चैत : कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउनको घोषणा गरिएको छ । रातको समयमा कर्फ्यु लगाइने भएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु लागू हुनेछ । नागरिकलाई घरबाहिर ननिस्किन भनिएको छ ।

शुक्रबार राति आठ बजेदेखि पूर्णरूपमा लकडाउन लागू हुनेछ । जुन सोमबार बिहान सात बजेसम्म कायम रहनेछ । लकडाउनका बेला पनि अत्यावश्यक सेवामात्र सञ्चालन हुनेछन् । महाराष्ट्रमा मात्रै आइतबार ५७ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिएका थिए ।

भारतभर पछिल्लो २४ घण्टामा एक लाख बढी संक्रमित थपिएका छन् । त्यस्तै आइतबार ९३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा अहिलेसम्म एक लाख ६५ हजारले ज्यान गुमाएका छन् । अहिलेसम्म संक्रमित पुष्टि हुनेको संख्या १ करोड २५ लाखभन्दा बढी छ ।

प्रतिक्रिया