सामान्य बढ्यो आज नेप्से

admin

काठमाडौं, २३ चैत : शेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । बैंक, बीमा र फाइनान्स समूहको शेयर घटे पनि अरू समूहको शेयर बढेपछि नेप्से एक दशमलव १३ अङ्कले बढेर २६ सय ५८ दशमलव ७५ विन्दुमा पुगेको छ ।

सोमबार व्यापार समूहको शेयर एक सय ३२ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय १४ अङ्कले, जलविद्युतको ४६, उत्पादनको २४, अन्यको ३३ र माइक्रो फाइनान्स समूहको शेयर ३४ अङ्कले बढेको छ ।

सोमबार दुई सय १२ कम्पनीका एक करोड ५८ लाख कित्ता शेयर सात अर्ब २९ करोड ६७ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार ओमी माइक्रो फाइनान्स, सानिमा जनरल इन्स्योरेन्स, राधी जलविद्युत् कम्पनी र एनआईसी एसिया लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । गुराँस फाइनान्सको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया