थप दुई सय ६६ जनामा संक्रमण पुष्टि, चार जनाको ज्यान गयो

admin

काठमाडौं, २३ चैत : कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप चार जनाको ज्यान गएको छ । संक्रमणका कारण बितेको २४ घण्टामा दुई जनाको ज्यान गएको र थप दुई जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ३६ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप दुई सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७८ हजार दुई सय १० पुगेको छ । यस्तै थप एक सय दुई जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७३ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया