नाइजेरियामा जे’लबाट १८ सयभन्दा बढी कै’दी भागे

admin

एजेन्सी, २४ चैत : ब’न्दुकधा’रीहरूको आ’क्रमणपछि नाइजेरियाको एउटा जे’लबाट १८ सयभन्दा धेरै कै’दीहरू भागेका छन् । जे’लबाट १ हजार ८ सय ४४ कै’दी भागेका त्यहाँका अधिकारीहरुले बताएका छन् । आ’क्रमणकारीले दक्षिण-पूर्वी सहर ओबेरीमा रहेको जे’लको प्रशासनिक भवनमा आ’क्रमण गरेर जे’लभित्र प्रवेश गरेका थिए ।अहिलेसम्म भागेकाहरुमध्ये ६ जना फर्किएका र अरु ३५ जनाले भाग्न अस्वीकार गरेका बीबीसीले जनाएको छ ।

प्रहरीले प्रतिबन्धित पृ’थक्तावादी समूह ‘द इन्डिजिनिएस पिपुल अफ बियाफ्रा’ले आ’क्रमण गरेको आरोप लगाएको छ । पिकअप ट्रक र बस चढेर ह’तियारसहित आएका आ’क्रमणकारीहरू ओबेरी कस्टोडियल सेन्टर प्रवेश गरेका र उनीहरुले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित ब’न्दुक, वि’स्फोटक पदार्थ र रा’इफल बोकेका प्रहरी अधिकारीहरुले बताएका छन् ।

तर, ‘द इन्डिजिनिएस पिपल अफ बियाफ्रा’ले भने घटनामा आफूहरु संलग्नता नरहेको प्रतिक्रिया दिएको छ । यस्तै नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले आ’क्रमणकारी र भाग्न सफल कै’दीहरूलाई पक्राउ गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । जनवरीदेखि दक्षिण-पूर्वी नाइजेरियाका धेरैजसो प्रहरी कार्यालय र गाडीहरुमा आ’क्रमण गरिएको छ भने ठूलो परिमाणमा गो’लीग’ठ्ठा चोरी भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया