आज तीन सयले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २४ चैत : मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै मंगलबार चाँदीको मूल्य भने यथावत रहेको छ । सोमबार तोलामा ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया