छोरा जन्माउनुपर्ने दबाब, चौथौँ सन्तान जन्माउँदा मृत्यु

admin

हुम्ला, २४ चैत : हुम्लाको सर्केगाड गाउँपालिका-३ उनापानीकी सरस्वती दमाई कक्षा ५ पढ्दै थिइन् । उमेर १४ वर्ष मात्र पुगेको थियो । उनले आफ्नै गाउँका १६ वर्षीय दलजित परियारसँग बिहे गरिन् । विवाह भएको एक वर्षपछि आमा बनिन् । छोराकोआसमा सरस्वतीले २० वर्षको उमेरसम्म तीन छोरी जन्माइसकेकी थिइन् । चौथो सन्तान छोरा नै जन्माउनुपर्ने बोझ थपियो ।

तर तीन वर्षअघि सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव हुँदा उनले ज्यान गुमाइन् । सरस्वतीजस्तै कर्णालीमा सानै उमेरमा विवाह गर्ने र जोखिमपँर्ण रूपमा आमा बन्नेको संख्या अन्य प्रदेशभन्दा धेर छै । आर्थिक वर्ष २०७४ देखि २०७५/७६ सम्मको तीन वर्षमा ४१ हजार किशोरीले २० वर्ष नपुग्दै बच्चा जन्माएका कर्णाली प्रदेश सरकारको तथ्यांक छ ।

यही अवधिमा प्रदेशभर २ लाखभन्दा बढी बालिकाको विवाह भएको छ । सानैमा विवाह गर्नुपर्ने पारिवारिक र सामाजिक दबाबका कारण धेरैको ज्यान जोखिममा परिरहेको जुम्लाकी किशोरी मनीषा नेपालीले बताइन् । ‘चाँडै विवाह नगर समाजले गलत तरिकाले हेर्छ,’ उनले भनिन्, ‘घरको आर्थिक स्थिति पनि कमजोर हुँदा सानै उमेरमा विवाह गर्नुपर्ने बाध्यता छ ।’

प्रतिक्रिया