आज थप २६० जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २४ चैत : मंगलबार थप दुई सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा संक्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७८ हजार चार सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक सय १३ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७३ हजार चार सय ५५ पुगेको छ । नेपालमा अहिले १९ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । संक्रमणका कारण नेपालम अहिलेसम्म तीन हजार ३६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया