सासू-ससुरामाथि खु’कुरी प्र’हार गरेका अनराम पक्राउ

admin

दैलेख, २४ चैत : दैलेखमा एक ज्वाइँले सासु-ससुरामाथि खु’कुरी प्र’हार गरेर घाइते बनाएका छन् । नौमुले गाउँपालिका ४ कालिकाको कुइने टोलका ६३ वर्षीय ससुरा झपिलाल रोकामगर र ५५ वर्षीया सासु लालसरी रोकामगरमाथि कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोकामगरले माइतीमा छोरी रोकेको निहुँमा खु’कुरी प्र’हार गरेका हुन् ।

घरमा सुतिरहेका सासु-ससुरामाथि खु’कुरी प्र’हार गरेर भागेको भन्ने सूचनाको आधारमा अनरामलाई नौमुले गाउँपालिका ५ चिसापानीबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हि’रासतमा राखिएको प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा सूचना अधिकारी इन्द्रजीत सुनारले जानकारी दिए ।

अनरामविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको उनले बताए । खु’कुरी प्र’हारबाट घाइते झपिलाल र लालसरीको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था ख’तरमुक्त रहेको डा. जीवन ज्ञवालीले जानकारी दिए । अनराम रोकामगरले झपिलाल र लालसरीका छोरी विमलासँच नौ वर्षअघि प्रेमविवाह गरेका थिए ।

दिनहुँ रक्सी खाएर कु’ट’पि’ट गर्ने गरेको भन्दै पाँच महिनादेखि एक छोरा र छोरीसहित विमला माइतीमा बस्दै आएका थिए । माइतीमा बसेको विषयमा रिस पोख्न आफूले खुकुरी प्र’हार गरेको अनरामले प्रतिक्रिया दिएका छन् । माइतीमा बसेकी विमला र छोराछोरीलाई घर लैजाने सल्लाहका लागि ससुरालीमा पुगेका बेला माघ १५ गते माइती घरमै विमलामाथि कु’ट’पि’ट गरेको घटनामा झपिलालले ‘तिमीसँग अब छोरी पठाउँदिन’ भनेको विषयमा अनराम रिसाएका थिए ।

राति मस्त निद्रामा भएको बेला आफूले ओढेको सिरक हटाएर टाउकोमा खु’कुरी प्र’हार गर्न लाग्दा थाहा पाएर हातले छेकेका कारण टाउकोमा कम चोट लागेको झपिलालको भनाइ छ । ग’र्धनमा ताकेको दोस्रो प्र’हार जोगाउँदा पनि छातीमा लागेको उनले सुनाए । ससुरा झपिलाल र सासु लालसरी दुवैले अनरामको हातको खु’कुरी खोस्न खोज्दा दुवै जनाको हत्केलामा चोट लागेको थियो ।

त्यसपछि आँगनमा आएर गुहार मागेपछि खु’कुरी लिएरै अनराम भागेको प्रत्यक्षदर्शी प्रेम रोकामगरले बताए । अनराम र उनको ससुराली घर एक घण्टाको पैदल दुरीमा रहेको छ । घटनास्थलबाट भागेर बाहिर जान पनि नौमुले नै आउनुपर्ने भू-बनोटको बाध्यता र प्रहरीको सजगताले अनरामलाई पक्राउ गर्न सजिलो भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज, प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए ।

प्रतिक्रिया