काठमाडौं, २४ चैत : नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मंगलबार बसेको बैठकले बाग्मती अञ्चलका सबै जिल्लाहरुमा जिल्ला नेतृत्व टुंगो लगाएको छ । सोही बमोजीम नेकपा एमाले रसुवा जिल्लाको पनि नेतृत्व चयन भएको छ । रसुवा जिल्लाका एमाले युवा नेता क. पेम्वा लामा अध्यक्षमा चयन भएका छन् ।
केन्द्रिय प्रतिनिधीमा क. तेम्ब्रेल तेम्बा तामाङ, बाग्मती प्रदेशको सचिवालय सदस्यमा क. विष्णु देवकोटा प्रदेश सदस्यमा भरत बगाले र रसुवा जिल्ला कमिटी सचिवमा शिव लामिछाने चयन भएका छन् । लामो समयदेखि एमालेको राजनीतिमा क्रियाशिल शालिन भद्र र इमानदार व्यक्तिहरु नेतृत्वमा छनोट भएको भनेर नेकपा एमाले रसुवाका नेता कार्यकर्ताको साथै रसुवाली जनताहरु उत्साहित भएका छन् ।