थप तीन सय ३९ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २५ चैत : नेपालमा बुधबार तीन सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार एक सय जनाको पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएकामध्ये भक्तपुरका पाँच, ललितपुरका २६ र काठमाडौंका एक सय ३२ गरी उपत्यकाका एक सय ६३ जना रहेका छन् । बितेको २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर दुई हजार दुई सय एक जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया