भारतबाट फर्किनेमा कोरोना

admin

काठमाडौं, २७ चैत : बाँकेमा कोरोना संक्रमित बढ्दै गएको छ । बिहीबार मात्रै १३ जना थपिएका छन् । भारतबाट आएका र नेपालगन्जको भेरी अस्पतालमा जाँच गरिएका १३ जनामा कोरोना पुष्टि भएको हो ।

भारतको गुजरातबाट आएका बाँके बैजनाथ गाउँपालिकाका २१ वर्षीय युवालाई कोरोना देखिएको छ । नेपालगन्ज नाकामा राखिएको हेल्थ डेस्कले मुम्बई, दिल्ली, गुजरातलगायतका शहरबाट आएका नेपालीलाई विशेष निगरानी गर्ने गर्दछ ।

भारतबाट करिब १८ वटा शहरमा फेरि कोरोना संक्रमण देखिएको छ । ती शहरबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा विशेष निगरानी गर्ने गरिन्छ । खतीको सिजन शुरू हुन थालेकाले भारतमा मौसमी कामका लागि गएका नेपालीहरू फर्किन थालेका छन् ।

केही शहरबाट कोरोनाको डरले नेपाली घर फर्किएका छन् । नेपालीको ठूलो संख्या जाने कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा कोरोनाको कहर नदेखिएको त्यहाँबाट फर्किएका नेपालीहरू बताउँछन् ।

नेपालगन्ज नाकाबाट यति बेला पाँच सय बढी नेपाली दैनिक घर फर्किरहेका छन् । यता, नेपालगन्जको भेरी अस्पतालमा दैनिकजसो नै कोरोनाका बिरामी देखिन थालेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू