आज सामान्य बढ्यो शेयर बजार

admin

काठमाडौं, ७ बैशाख : मंगलबार शेयर बजार सामान्य बढेको छ । नेप्से मंगलबार दुई दशमलव ६८ अङ्कले बढेर २६ सय ६४ दशमलव ६१ विन्दुमा पुगेको छ । बैंकिङ, निर्जीवन बीमा, लगानी र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।

व्यापार समूहको शेयर ३४ अङ्कले बढेको छ, होटल तथा पर्यटन समूहको शेयर साढे एक अङ्कले, जलविद्युतको ३१ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, फाइनान्सको झण्डै पाँच, माइक्रो फाइनान्सको ६ र जीवन बीमा समूहको शेयर ५४ अङ्कले बढेको छ ।

मंगलबार दुई सय १६ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

युनाइटेड मर्दी हाइड्रो, महिला लघुवित्त, ज्योति लाइफ र हिमालय ऊर्जा विकास कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि मंगलबार समृद्धि फाइनान्स, ओरियन्टल फाइनान्स र छ्याङ्दी जलविद्युत् कम्पनीको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया