सरकारले जारी गरेको आदेशलाइ कडा रुपमा कार्यान्वयन गराउने

admin

काठमाडौं : काठमाडौं जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाइ कडा रुपमा कार्यान्वयन गराउने भएको छ ।

मंगलबार बसेको समिति बैठकले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी र कडा रुपमा कार्यान्वयन गराउने निर्णय गरेको हो ।

सरकारले जारी गरेको आदेश कार्यान्वयन भए नभएको अनुगमन गर्न उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले अनुगमन टोली बनाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै कोरोना न्युनिकरण गर्न आवश्यक अन्तक्र्रिया, छलफल र जनचेतनामूलक कार्यक्रम गरिने उहाले बताउनुभयो । सरकारले सोमबार ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गरेको थियो ।

प्रतिक्रिया