नेपाललाई विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको नयाँ युगतिर लैजानुपर्छ : अध्यक्ष दाहाल

admin

काठमाडौं : नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर लैजानुपर्ने बताउनुभएको छ ।

फादर सन अभियानले मंगलबार काठमाडौंमा गरेको “हिउँ रहे पानी रहन्छ, पानी रहे जीवन वातावरणको अधिकार , मानवअधिकार“ विषयक अन्र्तक्रियामा प्रचण्डले यस्तो बताउनुभएको हो ।


उहाले एउटा समृद्ध समाज निर्माण गर्न अनुसन्धान र अन्वेषणको क्षेत्र महत्वपूर्ण भएको बताउनुभयो । वातावरणको संरक्षणका निम्ति नेपाली अध्यता र विज्ञहरुले गरेको प्रयास सकारात्मक भएको उहाको भनाई छ ।

उहाले कृषिका क्षेत्रमा युवा बैज्ञानिकहरुले देखाएको बिज्ञता निकै उत्कृष्ट देखिएको पनि बताउनुभयो । उहाले नेपाली युवा बैज्ञानिकहरुको अनुसन्धान र अन्वेषणको क्षमता अन्य कुनै देशको भन्दा कम नरहेको तर्क गर्नुभयो ।

प्रतिक्रिया