एकैदिन १३ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ८ बैशाख : बुधबार सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको सुनको मूल्य बुधबार फेरि १३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको पनि मूल्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी बुधबार तोलाको १३ सय १० रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै विश्वमा सुनचाँदीको मूल्यमा उतार चढाव आइरहेको छ । अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया