किन सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा ?

admin

काठमाडौं, ८ बैशाख : सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा बुधबार पनि सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइका लागि बुधबार पेशी तोकिएकोमा अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियो ।

सापकोटाविरुद्धको मुद्दा यसअघि पनि पटक-पटक पेशीमा परे पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ बैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी ह’त्या गरेको अवस्थामा दुई महिनापछि श’व फेला परेको थियो ।

अर्जुनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटालगायत अरू ६ जना माओवादी नेतारकार्यकर्ताविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो ।

प्रतिक्रिया