ओली-नेपाल भेट सकियो, नेपालले भने, ‘म केही बोल्दिनँ’

admin

काठमाडौं, ८ बैशाख : सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेट सकिएको छ । उनीहरुबीच आज साँझ राजधानीको नक्सालस्थित होटल मेरियटमा झण्डै २ घण्टा भेटवार्ता भएको हो ।

पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित भएको जनाइएको छ। ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टीको विवाद थप उत्कर्षमा पुगेका बेला दुई नेताबीच भेट भएको हो ।

दुई नेताबीच एक्लाएक्लै भएको वार्तामा के विषयमा कुराकानी भयो बताइएको छैन । ‘म केही बोल्दिनँ’ अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्केका नेपालले सञ्चारकर्मीसँग भने ।

भेटपछि दुबै नेता प्रफुल्ल देखिएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोती दुगडले बताए । दुबै नेता बीचको भेटवार्ता सकारात्मक भएको उनले दाबी गरे ।

चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो । एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।

प्रतिक्रिया