दुईओटा जनसंगठन इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई

admin

काठमाडौं, १० बैशाख : दुईओटा चर्चित जनसंगठनको इञ्चार्जको जिम्मेवारी नेकपा एमालेले युवा नेता महेश बस्नेतलाई दिएको छ । प्रधानमन्त्री एवम् तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले युवा नेता बस्नेतलाई युवा संघ र राष्ट्रिय खेलकुद महासंघको इञ्चार्जको जिम्मेवारी तोकेको हो ।

बैठकमा महासचिव इश्वर पोखरेलले नेताहरुको कार्यबिभाजन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । दुई ओटा जनसंगठनको इञ्चार्जको जिम्मेवारी पाएका बस्नेत भक्तपुर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । पूर्वमन्त्री बस्नेत युवा परिचालनमा सबैभन्दा अग्र भागमा पर्छन् । उनको सोही क्षमताको कदर गर्दै एमालेले युवा संघ र खेलकुद महासंघको इञ्चार्जको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया