थप २५५९ जनामा संक्रमण पुष्टि, पाँच जनाको ज्यान गयो

admin

काठमाडौं, १० बैशाख : शुक्रबार थप दुई हजार पाँच सय सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार सात सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४९ जना र आठ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ९४ हजार ६ सय एक पुगेको छ । यस्तै बितेको २४ घण्टामा चार सय १० जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७६ हजार सात सय ५५ पुगेको छ ।

बितेको २४ घण्टामा पाँचसहित अहिलेसम्म कोरोना संक्रमणबाट तीन हजार एक सय २२ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार सात सय २४ रहेको छ ।

प्रतिक्रिया