आज चार सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १२ बैशाख : आइतबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आइतबार तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्यमा भने प्रति तोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया