आज थप ३ हजार १२२ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १२ बैशाख : आइतबार नेपालमा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार कोरोना पुष्टि भएका संक्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाडौं उपत्यकाका रहेका छन् । यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ ।

यसैगरी आइतबार नेपालमा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया