मास्क नलगाउने व्यक्तिका समाचार नदिनुहोस् : स्वास्थ्य मन्त्रालय

admin

काठमाडौं, १२ बैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । आइतबार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानीका उपाय अपनाउनेतर्फ संवेदनशील हुन आग्रह गरेको हो ।

मन्त्रालयले कोभिड-१९ महामारीसँग जुध्नका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह गरी संक्रमण रोकथामका भूमिका निर्वाह गरेको भन्दै धन्यवाद पनि दिएको छ । साथै अबका दिनमा सञ्चारमाध्यम झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको मन्त्रालयले बताएको छ ।

समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न पनि स्वास्थय मन्त्रालयले आग्रह गरेको छ । साथै मन्त्रालयले मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिन पनि आग्रह गरेको छ ।

यसैबीच मन्त्रालयले संक्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिँदै संक्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया