सोमबारदेखिका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

admin

काठमाडौं, १२ बैशाख : कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो ।

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’

प्रतिक्रिया