प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ

admin

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतकाे ईन्जिनियरिङ संकाय स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १० जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको हो।

प्रश्नपत्र आउट गरेको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी विराटनगर–८ का ४४ वर्षीय कोमल प्रसाद गौतम, विद्यार्थीहरू संखुवासभा मादी नगरपालिका–६ का ३५ वर्षीय गोपाल कार्की, रुपेन्देही तिलोचन नगरपालिका–१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खा भिमसेन थापा गाउँपालिका–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट, गण्डागी गाउँपालिका–३ का ३१ वर्षीय भरत पन्त, सोही गाउँपालिका–२६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाइन नगरपाकिला–७ का २९ वर्षीय जीवन कुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका–५ घर भइ भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये गोपाल कार्की विद्यार्थी नेता हुन्। उनले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी कोमल प्रसाद गौतमलाई लाखौं रुपैयाँ दिने मौखिक सम्झौता गरि प्रश्नपत्र आउट गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ।

कार्कीले पनि पक्राउ परेका ईन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी विजय पोखरेलसँग ८० हजार रुपैयाँ लिएर आउट भएको प्रश्नपत्र बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि विजयले अन्य पक्राउ परेका विद्यार्थीहरूसँग १० देखि २० हजार रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया