काठमाडौं उपत्यकामा आजबाट अत्यावश्यक बाहेकका काम बन्द

admin

काठमाडौं, १३ बैशाख : जिल्ला प्रशासन कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले उक्त निर्णय गरेको हो ।

उपत्यकाका तीन जिल्ला प्रमुखको बसेको बैठकले तत्काल कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने र अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय भएको हो । जिल्ला प्रमुख पराजुलीका अनुसार नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ–संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको छ ।

प्रतिक्रिया