आज प्रजिअहरुको बैठक बस्दै, उपत्यकामा थप कडाइ गर्ने तयारी

admin

काठमाडौं, १३ बैशाख : कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ । सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्ने लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । उपत्यकामा थप क्षेत्रमा कडाइ गर्ने प्रशासनको तयारी छ । संक्रमित धेरै देखिएका ठाउँमा भिडभाड कम गर्ने रणनीति तय गरिने बताइएको छ । काठमाडौंका प्रजिअ पराजुलीका अनुसार सार्वजनिक यातायातको भीडभाड नियन्त्रण गर्नेगरी बैठकले रणनीति तयार गर्नेछ । होटल, रेष्टुराँमा पनि कडाइ गर्ने प्रशासनको तयारी छ ।

यता, सीसीएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि थप कदम चाल्नका लागि सोमबार मन्त्रिपरिषद् बैठक समेत डाकिएको छ । मन्त्रिपरिषद्ले यसअघि नै रात्रि ब्यवसाय पूर्णरुपमा बन्द गरेको छ । होटल ब्यवसाय साँझ ८ बजेपछि बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया