आजदेखि बाँके र बर्दियामा एक हप्ता निषेधाज्ञा

admin

बाँके, १३ बैशाख : बाँके र बर्दियामा सोमबारदेखि एक हप्ता निषेधाज्ञा लागू हुँदै छ । कोरोना संक्रमण बढ्दै गएपछि सोमबार मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको हो । सोमबार राति १२ बजेदेखि बैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

यसअघि बैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउन गर्ने निर्णय भएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभरि निषेधाज्ञाको निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । बाँके र बर्दिया दुवै जिल्ला भारतसँग सिमाना जोडिएका जिल्लाहरु हुन् ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अरु सञ्चालन गर्न नपाइने भएको छ । यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापनलगायत सञ्चालन गर्न पाइनेछ ।

प्रतिक्रिया