भोलि मध्यरातिदेखि सुर्खेतमा निषेधाज्ञा लागू

admin

सुर्खेत, १३ बैशाख : सुर्खेतमा मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन् । 

रिजालले भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।’ सुर्खेतमा अहिलेसम्म चार सय जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् ।

जसको प्रत्यक्ष प्रभाव कर्णालीमा पर्ने देखिन्छ । कर्णालीका अधिकांश नागरिकहरु रोजगारीका सिलसिलामा भारत जाने गरेका छन् । तर, रोकथामका तथा चेकजाँचमा भने खासै प्रभावकारिता प्रदेश सरकारले देखाउन सकिरहेको अवस्था छैन

प्रतिक्रिया