आज मनमोहन अधिकारीको २२औं स्मृति दिवस

admin

काठमाडौं, १३ बैशाख : नेकपा एमालेका संस्थापक अध्यक्ष एवम् प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२औं स्मृति दिवस मनाइँदै छ । उनको स्मृतिमा नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष काठमाडौंमा कार्यक्रम आयोजना गर्ने गरे पनि कोरोना संक्रमणका कारण यसवर्ष औपचारिक कार्यक्रम भने राखिएको छैन् ।

स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवम् मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीले स्थापित गरेका आदर्श, सिद्धान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि अझै पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताएका छन् । ‘सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिस्ट आन्दोलनमा उनले स्थापित गरेका अत्यन्तै मूल्यवान गुणहरु भएको उपप्रधानमन्त्री पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारकै जगमा नेपालमा कम्युनिस्ट पार्टी (एमाले) र कम्युनिस्ट आन्दोलनले विशाल रुप लिएको थियो । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

प्रतिक्रिया