जन्ती बोकेको जिप दुर्घटनाः एकको मृत्यु, एघार घाइते

admin

बैतडी, १३ बैशाख :  दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ६ हिरापुरमा आज जन्ती बोकेको जिप दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ ।यस्तै, दुर्घ’टनामा परी ११ जना घाइ’ते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ का ५५ वर्षीय देवीलाल जोशी रहेका बैतडीका प्र’हरी प्रवक्ता किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।

यस्तै, दुर्घ’टनामा परी जिपका चालक दशरथचन्द नगरपालिका–९ का २५ वर्षीय तारन जोशी र सोही ठाउँका ३७ वर्षीय शिवदत्त जोशी गम्भीर घा’इते भएका प्र’हरीले जनाएको छ । उनीहरु दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुलहादुलहीसहित अन्य घा’इतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती बोकेर बैतडीको ग्वाल्लेकतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज ३७७ नंको जिप आज साढे ५ बजेतिर दरशथचन्द राजमार्गअन्तर्गत बैतडीको हिरापुरमा दु’र्घटनामा परेको हो । दु’र्घटनाका कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया