वायुसेवा निगमको टिकट डिजिटल भुक्तानी सुरु

admin

काठमाडौं, १३ बैशाख : नेपाल वायुसेवा निगमले सोमबारदेखि टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यानबाट सुरु गरेको छ। निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बैंकको सहकार्यमा सेवा सुरु गरेको जानकारी दिएको हो।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले विज्ञप्तिमार्फत डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको भन्दै यसबाट थप सेवाहरु जोड्दै जाने बताए।

त्यस्तै,नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अझै भविष्यमा थप उल्लेखनीय सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल बैक नेपालको सबै भन्दा पुरानो बैक हो भने नेपाल वायु सेवा निगम पनि नेपालको पहिलो हवाइ सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया