आज चाँदीको मूल्य बढ्दा सुन घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १४ बैशाख : मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार एक सय रुपैयाँले गिरावट आउँदै ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा मंगलबार सामान्य मूल्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला १ हजार ३१५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया