आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

admin

काठमाडौं, १४ बैशाख : नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । नेताहरुका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयका तर्फबाट पेस हुने विधानमाथि छलफल हुनेछ ।

मंगलबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको माओवादीको केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेका बेला माओवादीको बैठकलाई चासोका साथ हेरिएको छ । यसअघि बसेको माओवादी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष दाहाललाई दिएको थियो ।

प्रतिक्रिया