बिहीबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

admin

काठमाडौं, १४ बैशाख : यातायात व्यवस्था विभागले आउँदो बिहीबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । विभागले सूचना निकालेर कोरोना महामारीका कारण बैशाख १६ गते बिहीबारदेखि अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जानकारी गराएको हो ।

गत वर्ष लकडाउन तथा निषेधाज्ञाले झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको परीक्षा रोकिँदा सेवाग्राहीको चाप बढेको थियो । अहिले अनलाइन आवेदन दिएकाहरूको परीक्षा दिने पालो झण्डै आठ महिनापछि तोकिन थालेकोमा विभागले तत्कालका लागि आवेदन नै रोकेको हो ।

प्रतिक्रिया