आज ४५ सय भान्दाबढीमा संक्रमण पुष्टि, थप १८ जनाको ज्यान गयो

admin

काठमाडौं, १४ बैशाख : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा १२ जनासहित थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार एक सय ९४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार तीन सय ६४ र एक हजार नौ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ६० जना गरी कुल चार हजार पाँच सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या तीन लाख सात हजार नौ सय २५ पुगेको छ । यस्तै थप पाँच सय ५५ जना निको भएसँगै निको हुनेको संख्या दुई लाख ७८ हजार पाँच सय ६ जना पुगेको छ । अहिले नेपालमा २६ हजार दुई सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौंमा मात्रै १६०२ जनामा कोरोना, बाँकेमा पनि ५०० बढीमा पुष्टि
बितेको २४ घण्टामा काठमाडौंमा मात्रै १६०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा पनि ५१५ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दाङमा २३० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर भने ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया