कोभिडको बहानामा बजारमा कृत्रिम अभाव

admin

काठमाडौं, १५ वैशाख : कोभिडको बहानामा बजारमा कृत्रिम अभाव सृजना गरिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ तर दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल, चिनी आदिको अभाव देखिएको छ ।

दुई साता अघिसम्म थोकविक्रेताले अग्रिम सामान पठाएर भुक्तानीपछि लिन पनि मान्ने गरेका थिए । अहिले खुद्रा व्यवसायीले अग्रिम भुक्तानी गरेको साता दिनसम्म पनि सामान नआएको बताएका छन् ।

‘चामल, दाललगायत सामानका लागि अघिल्लो साता नै अग्रिम भुक्तानी पठाएको थिएँ,’ खुद्रा व्यवसायी अर्जुन खड्काले भने, ‘पहिले शुरूमै सामान आउने गरेकोमा अहिले पहिले नै पैसा पठाउँदा पनि सामान पाउन मुश्किल छ ।’

निषेधाज्ञा हुने भएपछि बजारमा ह्वात्तै माग बढेकाले मौज्दात सामान विक्री भएको र नयाँ किन्न खोज्दा सामान पाउनै मुश्किल भएको उनले बताए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया