पश्चिमी तराई क्षेत्रमा सबैभन्दा धेरै गर्मी

admin

काठमाडौं, १५ बैशाख : केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । काठमाडौंसहित देशभर तापक्रम बढिरहेको मौसमविद् मञ्जू बासीले जानकारी दिइन् । विशेषगरी पश्चिमी तराईमा गर्मी धेरै बढेको मौसमविद् बासीले बताइन् । बुधबार भैरहवाको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहने अनुमान छ । भैरहवामा मंगलबार ४२ डिग्री सेल्सियस र अस्ति ३९ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो ।

यस्तै नेपालगञ्जमा बुधबार ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम रहने अनुमान छ । नेपालगञ्जमा मंगलबार ४० दशमलव ८ डिग्री सेल्सियससम्म र सोमबार ४० दशमलव ६ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकोले अबको केही दिन गर्मी अझै बढ्ने मौसमविद्को भनाइ छ ।

यस्तै बुधबार दिउँसोपछि पहाडका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ । बुधबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी चल्ने मौसमविद्ले बताएका छन् । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बदली छ भने बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया