अमेरिकी राजदूतद्वारा नेपालीलाई यस्तो सुझाव

admin

काठमाडौं, १५ बैशाख : अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् । नेपाली भाषामै ट्वीट गर्दै उनले भनेका छन्, ‘कृपया सबैजना मास्क लगाउनुहोस् र सकेसम्म घरमै बस्नुहोस् ।’

उनले कम्तीमा दुई मिटर सामाजिक दूरी कायम राख्न र राम्रो भेन्टिलेसन नभएका तथा भिडभाड भएका क्षेत्रमा नजान पनि सुझाव दिएका छन् । ‘नेपालमा कोभिड-१९ को संख्या निरन्तर बढ्दै गएको अवस्थामा हामी सबैले जिम्मेवार हुन अति जरुरी छ,’ ट्वीटमा उनले भनेका छन्, ‘आफू र आफन्तहरुको ख्याल राख्नुहोस् ।’

प्रतिक्रिया