काठमाडौं, १५ बैशाख : सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् ।
त्यस्तै उनले मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् । जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।