आज ४८९७ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

admin

काठमाडौं, १५ बैशाख : बुधबार थप ४८९७ जनामा कोरोनाभाइरसको (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमश ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् । बितेको २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया