आज नेप्से झण्डै १४ अङ्कले घट्यो

admin

काठमाडौं, १५ बैशाख : केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार बुधबार फेरि घटेको छ । नेप्से बुधबार १३ दशमलव ७९ अङ्कले घटेर २५ सय ८५ दशमलव २८ विन्दुमा झरेको छ । व्यापार, उत्पादन र अन्य समूहको शेयर बढे पनि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र लगानी समूहको शेयर घटेको छ ।

बुधबार दुई सय १५ कम्पनीका ८९ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएका छन् । एनसीसी बैंकको सबैभन्दा धेरै २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्सको ६ र प्रोग्रेसिभ फाइनान्सको शेयर झण्डै साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयर १० प्रतिशतका दरले बढेको छ ।

प्रतिक्रिया