आज एकैदिन कोरोनाले लग्यो १७ जनाको ज्यान

admin

काठमाडौं, १५ वैशाख : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७ जनाको ज्या’न गएको छ भने ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार १३ हजार ८ सय ९७ जनामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७ सय ७४ जना र ९ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय २३ जनामा संक्रमण पुष्टि भएको हो ।

“आज नेपालमा ४,८९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यीमध्ये काठमाडौं उपत्यकामा मात्र २,०४७ जना छन् ।”

सोमबारदेखि आजसम्म ४० हजार ९ सय ५१ मा गरिएको पिसिआरबाट १२ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सोमवारदेखि आजसम्म १ हजार ७ सय ६ जना संक्रमण मुक्त भएका छन् ।

अज काठमाण्डौ उपत्यकाको काठमाण्डौँमा १ हजार ४ सय ६४, ललितपुरमा ३ सय ५१ तथा भक्तपुरमा २ सय ३२ जना गरी कूल २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७७३ रहेको छ भने आज क्वारिनटाइनमा ५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया