ग्रेटर नेपालले भन्यो,`इन्डियाली सेना कालापानी छोड्´

admin

काठमाडौं, १५ वैशाख : कालापानीबाट इन्डियाली सेना हटाउन माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज दिउँसो ३ बजे इन्डियाली राजदूतावास , लैनचौरको खानीविभाग छेउमा इन्डियाविरुद्ध प्रदर्शन गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक सानो समूहले ब्यानरसहित विरोध गरेको हो ।

इन्डियाली सेना कालापानी छोड् भन्ने ब्यानरमा गएको मोर्चाका कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दाबाद , भारतीय सेना कालापानी छोड् र भारतीय विस्तारवाद मुर्दाबाद जस्ता नारा लगाउँदै करिब आधा घन्टा प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले इन्डियाले लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि छाड्ने मानसिकता नदेखाएको र नेपाल सरकारले कालापानीबाट इन्डियाली सेना हटाउन ठोस पहल नगरेकाले नेपाल र इन्डियाका दुवै सरकारलाई त्यहाँबाट सेना हटाउन दबाब दिने उद्देश्यले इन्डियाली दूतावास अगाडि प्रदर्शन गरेको बताए ।

चुच्चे नक्सा निकाल्नु उपलब्धि भए पनि कालापानीबाट सेना हटाएमात्र त्यसको सार्थकता हुने भन्दै अध्यक्ष नेपालले २०७२ मा संविधान जारी हुँदाको बखत दलहरू बीच एकता भएजस्तै सधैंभरि त्यस्तो एकता कायम रहेमा मात्रै इन्डियाले दिइरहेको चुनौतीसँग जुध्न सकिने बताएका छन् ।

प्रतिक्रिया