पाैडी खेल्ने क्रममा डुबेर एक बालककाे ज्यान गयाे

admin

रुकुम पश्चिम : सानीभेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालककाे ज्या’न गएको छ । बुधवार दिउँसो मुसिकोट नगरपालिका ३ को गेरुढुङ्गा भन्ने ठाउँबाट पौडी खेल्न भेरीमा हाम फालेका बालककाे डुबेर ज्यान गएकाे हाे ।

फाइल फोटो

ज्यान गुमाउनेमा रुकुम पूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिका ५ का १४ वर्षीय निशान घर्ती मगर रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले बताउनुभयो ।

त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोटमा कक्षा ८ मा अध्ययनरत निशान अन्य पाँच जना साथीसँगै पौडी खेल्न नदीमा गएका थिए । डुबेर निशानकाे शव पानीमा पौडिन थालेपछि मात्र उनका साथीहरूले ज्यान गएको पत्ता पाएको प्रहरीले जनाएको छ । निशान अध्ययनको सिलसिलामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बस्दै आएका थिए ।

काेराेना भाइरसकाे सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि निशान साथीहरूसँगै सानीभेरीमा पौडी खेल्न गएका थिए । मृतक घर्तीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको इन्स्पेक्टर शाहीले बताउनुभयाे ।

प्रतिक्रिया